२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

लाइपजिक, रेन्जर्ससँगै बेस्ट ह्याम ४६ वर्षपछि सेमिफाइनलमा

एजेन्सी
युईएफए युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार राति भएका खेलसँगै अन्तिम चारमा पुग्ने चार टोलीको टुंगो लागेको हो । त्यस क्रममा वेस्ट हमले ४६ वर्ष पछि युरोपियन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

वेस्ट हमले क्वार्टरफाइनल दोस्रो लेगमा लियोनलाई ३–० ले पराजित गर्‍यो । समग्रमा वेस्ट हम ४–१ ले विजयी भयो । पहिलो लेगमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए । जितसँगै बेस्ट ह्यामले फ्रयांकफर्टसँगको सेमिफाइनल भेट पक्का गरेको छ । फ्रयांकफर्डले राति क्याटलन क्लबलाई समग्रमा ४–३ ले पराजित गर्‍यो ।

त्यस्तै, एट्लान्टालाई निराश पार्दै जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिकले पनि युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ । बिहीबार सम्पन्न क्वार्टरफाइनल दोस्रो लेगमा लाइपजिकले २–० को जित निकाल्यो । पहिलो लेगमा १–१ को बराबरी खेलेको लिपजिक समग्रमा ३–१ को जितसहित अन्तिम चारमा प्रवेश गरेको हो ।

रेन्जर्सले युरोपा कपको सेमिफाइनलमा स्थान बनाउने क्रममा एसी ब्रागालाई दोस्रो लेगमा ३–१ ले हरायो । पहिलो लेगमा १–० को जित निकालेको ब्रागाले दोस्रो लेगमा भने अग्रता कायम राख्न सकेन । रेन्जर्सले समग्रमा ३–२ को नतिजाका निकाल्यो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com