२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

फिल्म हल बन्द गर्ने निर्णय स्थगित

फिल्म हल बन्द गर्ने निर्णय स्थगित

जनसेवा न्युज डटकम संवाददाता

नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले विदेशी फिल्म पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरेपछि चलचित्र संघले आन्दोलनको स्वरुप हल बन्द गर्ने निर्णय गरेको थियो ।

आगामी दिनमा फिल्म क्षेत्रका समस्या समाधानका लागि दुवै संघका महासचिवको नेतृत्वमा ५–५ सदस्यीय वार्ता समिति बनाएर छलफलबाट सहमति र सहकार्य गर्दै अगाडि बढ्ने र दुवै संघका सदस्यहरुलाई संयमित बनाउने निर्णय भएको चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिलकुमार थापाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com