२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

अछामका पहिरो पीडितलाई नगदसहित राहात दिएर फर्के मन्त्री कुँवर, घाइतेको उपचार सरकार गर्ने

अछामका पहिरो पीडितलाई नगदसहित राहात दिएर फर्के मन्त्री कुँवर, घाइतेको उपचार सरकार गर्ने

जनसेवा न्युज डटकम संवाददाता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई नगदसहित राहत वितरण गरेर फर्केका छन् । आइतबार काठमाडौंबाट धनगढी हुँदै अछाम पुगेका मन्त्री कुँवरले पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई नगदसहित राहात वितरण गरेर फर्केका हुन् ।

शुक्रबार राति अविरल वर्षापछि गएको पहिरोमा परी २२ र खोलाले बगाएर मृत्यु भएका १ जनासहित २३ जना मृतकका परिवारलाई भेटेर मन्त्री कुँवरले सरकारबाट दिइएको जनही १ लाख र आफ्नो ब्यक्तिगत तर्फबाट जनही १० हजारका दरले पीडित परिवारलाई नगद राहात वितरण गरेको उनको सचिवालयले जनाएको छ । अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले दिएको जानकारी अनुसार बाढी र पहिरोमा परी मृत्यु भएका परिवारलाई सरकारका तर्फबाट तत्काल किरिया खर्चवाफत जनही १ लाख रकम वितरण गरिएको हो ।

मन्त्री कुँवरले पहिरो प्रभावित अछामको कमल बजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई भेटेर त्रिपाल, बल्याङ्केट, खाद्यान्न लगायतका राहात सामाग्री पनि वितरण गरेको उनका प्रेस सल्लाहकार रमा खड्काले जानकारी दिए । मन्त्री कुँवरले पहिरोमा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने समेत बताएका छन् । पीडितलाई आगामी दिनमा पनि थप सहयोग हुने मन्त्री कुँवरले आश्वासन दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com