२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

यो साता नेप्से : ३८.६३ अंकले बढ्दा २ अर्ब ६९ करोडको कारोवार

यो साता नेप्से : ३८.६३ अंकले बढ्दा २ अर्ब ६९ करोडको कारोवार

जनसेवा न्युज डटकम संवाददाता

पछिल्लो साता सेयर बजारका लागि तुलनात्मक रुपमा सुखद देखिएको छ । अघिल्लो सातासम्म लगातार ओरालो यात्रामा रहेको नेप्से सूचक यस साता (असोज ९ गतेदेखि १३ गतेसम्म) ३८ अंकले बढ्दै १८५३.७६ बिन्दुमा उक्लिएको हो ।
गत साताको अन्तिम कारोबार दिन अर्थात् असोज ६ गतेसम्म नेप्से सूचक १८३८.९६ बिन्दुमा रहेको थियो । यद्यपि, नेप्से सूचक ३८ अंकमाथिले बढेपनि यससाता कारोबार रकम भने उति उत्साहपूर्ण हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार ३८ अंकले बढेको बजारमा यससाता कुल २ अर्ब ६९ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुन दिन कति कारोबार भए ?
असोज ९ गते – १ अर्ब ६ करोड २९ लाख ८९ हजार रुपैयाँ
असोज ११ गते – ६४ करोड ७ लाख ९४ हजार रुपैयाँ
असोज १२ गते – ४१ करोड ८६ लाख ६७ हजार रुपैयाँ
असोज १३ गते – ५७ करोड २३ लाख ४० हजार रुपैयाँ
यस साताको १० गते घटस्थापनाको दिन परेकाले सो दिन सार्वजनिक विदा समेत रहेकाले सेयर कारोबार हुन सकेन । बाँकी चारदिन भएको सेयर कारोबारमा कुल ३८.६३ अंकले नेप्से सूचकमा वृद्धि भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com