२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कतारको विश्वकप मेरो अन्तिम हुनेछ : मेस्सी

कतारको विश्वकप मेरो अन्तिम हुनेछ : मेस्सी

लियोनेल मेस्सीले कतारमा आयोजना हुने विश्वकप आफ्नो अन्तिम हुने बताएका छन् । ३५ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनासँग पछिल्ला ४ विश्वकपमा सहभागिता जनाएका छन् । यसक्रममा १९ खेलमा उनले ६ गोल गर्नुका साथै ५ वटा गोलको अवसर सिर्जना गरेका छन् ।

सन् २०१४ मा अर्जेन्टिना उपविजेता बनेको थियो भने सन् २०२१ मा उनले टोलीलाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । मेस्सीले जित्न बाँकी उपाधि भनेको विश्वकप नै हो ।

‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो,’ ईएसपीएनसँग कुराकानी गर्दै उनले भने, ‘म विश्वकप आउने दिन गन्दै बसिरहेको छु । यहाँ उत्साह र चिन्ता दुवै छ । प्रतियोगिता कस्तो हुने हो रु कसरी अगाडि बढ्ने हो रु’

सन् २००५ मा अर्जेन्टिनाका लागि डेब्यु गरे यता उनले टोलीका लागि १६४ खेलमा ९० गोल गरेका छन् । पाँचौँ विश्वकपमा भाग लिँदै गर्दा उनले डिएगो म्याराडोना र ह्याभिएर मास्चेरानोको कीर्तिमानलाई उछिन्नेछन् ।

फिफा वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिना समूह सीमा साउदी अरेबिया, मेक्सिको र पोल्याण्डसँग रहेको छ । ‘विश्वकपमा जे पनि हुन सक्छ । सबै खेल कठिन हुन्छन् । प्रतियोगिता जित्ने भनिएका टोलीले सधैँ जित्दैनन्,’ मेस्सीले भने, ‘अर्जेन्टिना सधैँ विश्वकपको दाबेदार रहँदै आएको छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com