जोशीको निधनप्रति प्रधानमन्त्री देउवालगायत दलका शीर्ष नेताले के भने ?
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको बताएका छन् । ‘उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ।
उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। pic.twitter.com/bFzDGnDGuG
त्यसैगरी,नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले जोशीको निधनले अत्यन्त दुःखी बनाएको बताएका छन् ।
‘ऐतिहासिक व्यक्तित्व सत्यमोहन जोशी अब हामीबीच रहनुभएन। आफ्नो १०२ वर्ष लामो जीवनको अन्तिम क्षणसम्म बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक नेपालको यथार्थ गहन अध्ययन र अनुसन्धानका साथ सबै नेपालीलाई बुझाउने र सिकाउने उहाँको योगदानलाई नेपाल र नेपालीले कहिल्यै भुल्ने छैनन्! हार्दिक श्रद्दा सुमन!’, उनले लेखेका छन् ।
ऐतिहासिक व्यक्तित्व सत्यमोहन जोशी अब हामी वीच रहनुभएन।आफ्नो १०२बर्ष लामो जीवनको अन्तिम क्षणसम्म बहुजातीय,बहुभाषिक,बहुसांस्कृतिक नेपालको यथार्थ गहन अध्ययन र अनुसन्धानका साथ सबै नेपालीलाई बुझाउने र सिकाउने वहाॅको योगदानलाई नेपाल र नेपालीले कहिल्यै भुल्ने छैनन्! हार्दिक श्रद्धासुमन! pic.twitter.com/pCoX66UUId
नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज बिहान १०३ वर्षको उमेरमा दुःखद् निधन भएको खबरले स्तब्ध भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । उनले भनेका छन्,’ दुःखद घडीमा संस्कृतिविद् जोशीप्रति भावपुर्ण श्रध्दाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।‘
शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले दुःखी भएको नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । उनले भनेका छन्,’उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ। अलविदा शताब्दी पुरुष ! हार्दिक श्रद्धासुमन! परिवारजनमा गहिरो समवेदना ।‘
नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न उहाँले गर्नुभएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
‘१०३ वर्षको उमेरमा पनि उहाँको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको श्रोत बनेर रहने छ,’ उनले भनेका छन्,’।नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने छन् भन्ने मैले विश्वास लिएको छु । ‘