२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कम्तिमा ५ वर्ष मतदातालाई धोखा दिन पाइँदैन : थापा

कम्तिमा ५ वर्ष मतदातालाई धोखा दिन पाइँदैन : थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कम्तिमा ५ वर्ष मतदातालाई धोखा दिन नपाइने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले बुधबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले ५ वर्षको अवधिको साझा कार्यक्रम बनाएर गठबन्धनले जनतामाझ भोट मागेपछि कम्तीमा पाँच वर्ष जनतालाई धोका दिन नपाइने र मतको इज्जत राख्नुपर्ने बताएका हुन् ।

कसैको व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा पूरा भएन भनेर कुनै नेतालाई दायाँबायाँ गर्ने छुट अब नेताहरूलाई नभएको उनको भनाइ छ ।

थापाले यसअघि पाँच वर्ष देशका लागि खेर भएकाले अब पाँच वर्ष खेर जान दिन नहुने जिकिर गरे । उनले गठबन्धनको संघ र सातै प्रदेशमा जीत सुनिश्चित भइसकेको भन्दै निराश भएका जनतालाई काम गरेर देखाउनुपर्ने धारणा राखे । अब पनि जनताका लागि काम गर्न नसके जनताहरू सडकमा उत्रने उनको भनाइ छ ।

थापाले यसअघि पाँच वर्षको म्यान्डेट पाएको दलले संविधान विपरीतको काम गर्दा देश र संविधानलाई जोगाउनका लागि गठबन्धन बनेकाले यसलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com