२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

काठमाडौँको रिसोर्टमा जुवा, १८ जना पक्राउ

काठमाडौँको रिसोर्टमा जुवा, १८ जना पक्राउ

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँको एक रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–७ मा रहेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई जुवा र कौडा खेलिरहेको अवस्था फेला परेको थियो ।

उनीहरूको साथबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ नगद, १५ बुक तास र १६ थान कौडा बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com