२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

चुनावपछि राप्रपा र जसपासँग मिलेर सरकार बनाउने ओलीको उद्घोष

चुनावपछि राप्रपा र जसपासँग मिलेर सरकार बनाउने ओलीको उद्घोष

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेले राप्रपा र जसपालाई मिलाएर सरकार बनाउने दाबी गरेका छन् । निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याए पनि सहयात्री दलहरुको साथ नछोड्ने उनले बताए ।

गृहजिल्ला झापाको क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट माग्ने क्रममा ओलीले एमालेका साथमा रहेकाहरु राष्ट्रिय पार्टी बन्ने र सरकारमा जाने ठोकुवा गरे ।

उनले भने, ‘यसपालि राप्रपा एमालेको साथमा दह्रोसँग लागेको छ । त्यसैले राष्ट्रिय पार्टीका रुपमा राप्रपा आउँछ, राजेन्द्र लिङ्देन एक्लो हुँदैन । एमालेको साथमा राप्रपा लागिसक्यो, लागेपछि राष्ट्रिय पार्टी भइयो ।’

ओलीले एमालेसँग तालमेल गरेको अर्को पार्टी जसपा पनि राष्ट्रिय पार्टीको रुपमा कायम रहने भविष्यवाणी गरे । माधव नेपालको पार्टीको भने कुनै सम्भावना नरहेको उनले बताए ।

ओलीले थपे, ‘कांग्रेस राष्ट्रिय पार्टी रहने भो अलि दिन । यसपालिको हकमा माओवादी पनि राष्ट्रिय पार्टी रहन्छ । राप्रपाभन्दा अलिकति बढी सीट माओवादीले ल्याउने सम्भावना छ । तर, माधव नेपालहरुले खोलेको छ एउटा पार्टी, त्यसको कन्तविजोक हुने भयो । त्यो राष्ट्रिय पार्टी सार्टी केही हुँदैन । कोही साथी त्यो पार्टीमा हुनुहुन्छ भने आजैबाट छोडिदिनुस् ।’

ओलीले लोसपाले पनि एमालेको साथ छाडेर राष्ट्रिय पार्टी बन्ने मौका गुमाएको टिप्पणी गरे । ‘लोसपा राष्ट्रिय पार्टी थियो, तर अब हुँदैन । एमालेको राष्ट्रियता उसले बोक्न सक्ने भएन । त्यसैले भाग्यो । अब राष्ट्रिय पार्टी हुनेवाला छैन’, ओलीले भने ।

उनले एमालेको बहुमत कसैले रोक्न नसक्ने बताए । ‘आउँदो निर्वाचनबाट नेकपा एमालेको बहुमत आयो आयो । तर, बहुमत आयो भनेर एक्लै सरकार बनाउने होइन, अरु सहयोगी र सहयात्रीलाई पनि साथमा लिएर सरकार बनाउँछ । राप्रपा र जसपासहितको सरकार बन्छ । त्यसपछि राजेन्द्र लिङ्देनलाई विकासको बारेमा प्रश्न गर्नुस्, अहिले होइन’, ओलीले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com