२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

न्याय मर्न नदिने गरी काम गर्छु : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ- नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको जनआस्था खस्किन नदिन आफूले काम गर्ने बताएका छन् ।​

मंगलबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्दै श्रेष्ठले न्यायालयप्रति जनताको आशा र भरोसा बढाउने र न्याय मर्न नदिने गरी आफूले काम गर्ने बताएका हुन् । उनले छिटो छरितो न्याय दिने काममा न्यायपालिकालाई सहयोग गर्न आग्रह गरे ।

प्रधानन्यायाधीश श्रेष्ठले उच्च मनोबलका साथ निर्भीक भएर काम गर्न आग्रह गरे । त्यस्तै उनले उच्च र जिल्ला रिक्त न्यायाधीशको नियुक्तिको पहल गर्ने पनि बताए । आफू कामु प्रधानन्यायाधीश हुँदा सुरु गरेको रणनीतिक कामलाई निरन्तरता दिएर अघि बढाउने उनको भनाइ छ ।

त्यसअघि मंगलबार नै उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत अनुमोदन गरेको थियो । २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com