२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

पुस २९ मा सारा र साम्राज्ञीको भिडन्त

नेपाली फिल्म एकअर्कासँग भिड्नु सामान्य जस्तै भएको छ । आज शुक्रबार ‘महापुरुष’ ले एकल रिलिजको अवसर पाएपनि धेरैजसो शुक्रबार भने नेपाली फिल्म एकअर्कासँग भिड्ने गरेका छन् । यस्तैमा आगामी पुस २९ मा दुई नेपाली फिल्म भिड्ने भएका छन् । फिल्म हुन् ‘गुञ्जन’ र ‘तिम्रो मेरो साथ’ । ‘गुञ्जन’ प्रदर्शनमा आउन लागेको यो मितिमा ‘तिम्रो मेरो साथ’ पनि प्रदर्शनमा आउने भएपनि दुईको भिडन्त निश्चित भएको हो ।

‘तिम्रो मेरो साथ’ अभिनेत्री साम्राज्ञी आरएल शाह मुख्य भूमिका रहेको फिल्म हो । रमेश एमके पौडेलको निर्देशन रहेको फिल्ममा साम्राज्ञीको अलवा पुष्प खड्का सन्दीप क्षेत्री, खड्कबहादुर पुन, इमिली लामा, सरोज खनाल, दीपाशा विसीलगायतको अभिनय छ ।

निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण रहेको फिल्मका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् ।  त्यस्तै, अभिनेत्री सारा सिर्पालीको मुख्य भुमिका रहेको  ‘गुञ्जन’ प्रेमकथामा बनेको फिल्म हो ।

सारासँगै प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेको फिल्ममा अभिनय छ ।  अभिनेत्री नीता ढुंगानाको आइटम डान्स रहेको फिल्म  अष्ट महर्जनले निर्देशन गरेका हुन् । 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com