२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

भारतमा आजदेखि डिजिटल मुद्रा प्रयोगमा

भारतमा आजदेखि डिजिटल मुद्रा प्रयोगमा

unn.prixa.net

तस्बिर : एजेन्सी

भारतले आज मङ्गलवारदेिख डिजिटल मुद्रा प्रयोगमा ल्याएको छ । भारतीय रिजर्भ बैंकले परीक्षणकालका रूपमा आजदेखि डिजिटल मुद्रा प्रयोगमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

परीक्षणकालमा डिजिटल मुद्रा प्रयोगका लागि नौ वटा बैंक छानिएका छन् । एक महिनासम्म परीक्षणकालका रूपमा प्रयोग हुने र त्यसपछि आवश्यक नीतिगत सुधारसहित नियमित प्रयोगमा ल्याउने भारतीय रिजर्भ बैंकलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । यसको मुख्य प्रयोग दोस्रो बजारमा हुने सरकारी ऋणपत्रको कारोबारमा हुने जनाइएको छ ।

केन्द्रीय बैंकले जारी गर्ने डिजिटल मुद्रा पनि क्रिप्टोकरेन्सीहरू जस्तै ब्लक चेन प्रविधिमा आधारित हुने र यस्तो मुद्रा निश्चित दरसम्म मात्र जारी गर्न सकिने भारतीय रिजर्भ बैंकले जनाएको छ । डिजिटल मुद्रा पनि नोट वा सिक्काजस्तै केन्द्रीय बैंकको नियमनमा चल्नेछ । डिजिटल मुद्राको मूल्य अहिले रहेको मुद्राकै बराबर हुने छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com