२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

उत्तर कोरियाले एकपछि अर्को गर्दै दश मिसाइल प्रहार गर्‍यो : दक्षिण कोरिया

उत्तर कोरियाले एकपछि अर्को गर्दै दश मिसाइल प्रहार गर्‍यो : दक्षिण कोरिया

एजेन्सी
दक्षिण कोरियाको सेनाले बुधबार बिहान उत्तर कोरियाले एकपछि अर्को गरी कम्तीमा दश मिसाइल प्रहार गरेको जनाएको छ । यी मध्ये एउटा ब्यालेस्टिक मिसाइल पहिलो पटक दक्षिण कोरियाको सामुद्रिक सीमामा खसेको छ । त्यसपछि टापुमा हवाई हमलाको चेतावनी जारी गरिएको थियो ।

दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाको जलक्षेत्र नजिक खसेको यो पहिलो पटक भएको बताएको छ । दक्षिण कोरियाका शीर्ष अधिकारी केंग शिन चुलले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाली सीमा नजिकै खसेकोले यो प्रहार अत्यन्तै अनौठो र अस्वीकार्य बताएका छन् ।

उत्तर कोरियाले यी क्षेप्यास्त्र प्रहार गर्नुअघि दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको वायु सेना अभ्यास रोक्न भनेको थियो । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–युलले उत्तर कोरियाको आक्रामकताको छिट्टै जवाफ दिइने बताएका छन् ।

उनले थपेका छन्, ‘मेरो देश सोलमा ह्यालोविनका बेला थुप्रै युवाको मृत्युका कारण शोकमा डुबेको छ । यस्तो अवस्थामा यस्ता खालका कदमले उत्तर कोरियाको वास्तविक स्वभाव देखाउँछ ।’

उनले दक्षिण कोरिया र अमेरिकाबीचको सम्बन्ध तोड्ने कुनै पनि प्रयास सफल नहुने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com