२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

तीन महिनामा पौने चार अर्बको फलफूल नेपाल भित्रियो

तीन महिनामा पौने चार अर्बको फलफूल नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रुपैयाँको फलफूल भित्रिएको पाइएको छ ।

२०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो । भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको छ ।

उक्त समयमा नेपालले १६ करोड २३ लाख ५९ हजार रुपैयाँको १ करोड १३ लाख ७ हजार ४४६ केजी केरा आयात गरेको छ । सोही समयमा ७ करोड ९३ लाख ३ हजार रुपैयाँको भुइकटहर नेपाल भित्रिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ४९ लाख ८ हजार रुपैयाँको ५१ हजार १९० केजी एभोकार्डो, १८ करोड ७४ लाख रुपैयाँको ३७ लाख केजीभन्दा बढी आँप र अम्बा, १७ करोड ४ हजार रुपैयाँको २३ लाख २४ हजार २८३ केजी कागती र ११ करोड ८ लाख १४ हजार रुपैयाँको खरबुजा नेपाल भित्रिएको छ ।

यस्तै १० करोड ८० लाख १५ हजार रुपैयाँको ३० लाख ५३ हजार ४७४ केजी मेवा, २ अर्ब २४ करोड ९६ लाख ३९ हजार रुपैयाँको स्याउ र २९ करोड ७६ लाख ५६ हजार रुपैयाँको २८ लाख ७१ हजार १७६ केजी अनार पछिल्लो तीन महिनामा नेपालले आयात गरेको विभागले जनाएको छ ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ४ खर्ब ५६ करोड ९४ लाख ४४ हजार रुपैयाँको फलफूल आयात गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com