२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

बबईबाट ३४० बोरा अवैध चिनी बरामद

बबईबाट ३४० बोरा अवैध चिनी बरामद

जनसेवा न्युज डटकम संवाददाता

सुर्खेत प्रहरीले तीन सय ४० बोरा अवैध चिनी बरामद गरेको छ। बुधबार बिहान साढे ८ बजेको समयमा भेरीगंगा नगरपालिका–५ बबईबाट चिनी बरामद गरेको हो । बबई चेक प्वाईन्टमा खटिएको ६ जनाको प्रहरी टोलीले कैलालीदेखि सुर्खेततर्फ आउँदै गरेको भे १ ख ३०४१ नम्बरको ट्रकलाई चेक जाँच गरेको थियो ।

उक्त ट्रकमा भ्याटबिल, अनलाइन बिल भएको र भन्सारको काजगपत्र नभएको प्रहरीले फेला पारेपछि बरामद गरेको हो ।

प्रतिबोरा ५० किलो रहेको तीन सय ४० बोरा अर्थात् १७ टन चिनी बरामद गरेको प्रहरीले जनाएको छ । साथै प्रहरीले ट्रक, ट्रक चालक लम्किचुहा नगरपालिका–२ कैलालीका ४३ वर्षीय को नेत्रबहादुर शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com