२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

प्रिमियर लिगमा आज पाँच खेल

प्रिमियर लिगमा आज पाँच खेल

एजेन्सी

प्रिमियर लिग फुटबलमा आज पाँचवटा खेलहरू हुँदैछन् । आज हुने खेलमा दोस्रो स्थानमा म्यानचेस्टर सिटीले फुलहमसँग प्रतिस्पर्धा गर्दैछ ।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ८ः४५ मा सुरु हुनेछ । घरेलु मैदानमा हुने खेलमा सिटी सहज जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ । यता फुलहम पनि आजको खेलमा जित निकाल्दै तालिकाको एक स्थान माथि उक्लने योजनामा छ । सिटी १२ खेलबाट २९ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ भने फुलहम १३ खेलबाट १९ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा छ ।

यसै समयमा हुने अर्को खेलमा नटिङहम फरेस्टले ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्दा उल्भ्सले ब्राइटनलाई आथित्यता प्रदान गर्दैछ । यता लिड्स युनाइटेडले बर्नमाउथसँग प्रतिस्पर्धा गर्दैछ । आज हुने अन्तिम खेलमा एभर्टनले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com