२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

पुस १५ देखि प्रियंका र आयुष्मानको ‘चि मुसी चि’

पुस १५ देखि प्रियंका र आयुष्मानको ‘चि मुसी चि’

जनसेवा न्युज डटकम संवाददाता

फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ पुस १५ बाट रिलिज हुने भएको छ । निर्माण युनिटले शुक्रवार फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकेका हुन् । रियल जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मुख्य भुमिका रहेको फिल्म अब आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ र अभिनेत्री ऋचा शर्माको ‘कौसीद’ सँग भिड्नेछ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा प्रियंका र आयुष्मानको अलावा ऋचा शर्मा, बेनिशा हमाल, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्टलगायतका अभिनय देख्न सकिन्छ । हरर तथा थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्माता अरुण चक्रावर्ती हुन् । मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशक रहेको फिल्ममा नेपाली र बलिउडका प्राविधिकहरूले काम गरेका छन् ।

फिल्ममा रिञ्जु केसी र अरुण चक्रावर्तीको संयुक्त लगानी छ । डिसिएनले देशव्यापी वितरण गर्ने फिल्मको डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com