२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

वैवाहिक जीवन ठीकठाक नरहेको चर्चाबीच वर्षाको टिप्पणी : मौन बसे घमण्ड, केही बोले बहस

वैवाहिक जीवन ठीकठाक नरहेको चर्चाबीच वर्षाको टिप्पणी : मौन बसे घमण्ड, केही बोले बहस

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी यतिबेला निजी कारणले चर्चामा छिन् । पति आशिष गेलालका तस्वीर सामाजिक सञ्जालबाट हटाएकोदेखि अनफलो गरेसम्मको गसिपले उनलाई पछ्याइरहेको छ ।

गेलालसँगको वैवाहिक सम्बन्ध ठीकठाक नरहेको चर्चाका बीच वर्षा केही समययता मौनजस्तै छिन् । बरु चुनावमा घण्टी उम्मेदवारलाई भोट मागेकोजस्ता समाचारले उनी चर्चामा छिन् ।

मिडियामा समेत वैवाहिक जीवन अस्थिर बनेको चर्चा चलिरहँदा बिहीबार बिहान वर्षाले एउटा फेसबुक स्टाटस पोस्ट गरिन् । आफ्नो तस्वीर सेयर गरेकी उक्त पोष्टको क्याप्सन छ– ‘मौन बसे घमण्ड, केही बोले बहस ।’

उनको यो स्टाटस वैवाहिक जीवनबारे हालै मिडिया र सामाजिक सञ्जालमा आएका गसिप लक्षित छन् भन्ने बुझ्न कठिन छैन । गत वैशाखमा अमेरिकामा बसोबास गर्दै आएका गेलाल र वर्षाले विवाह गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com