२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

दोस्रो एक दिवसीयमा भारतलाई ५ रनले हराउँदै बंगलादेशलाई शृङ्खला

भारत र बंगलादेशबीचको मिरपुरमा भएको रोमाञ्चक खेलमा बंगलादेशले भारतलाई ५ रनले पराजित गरेको छ । बंगलादेशले दिएको २७१ रनको लक्ष्य पछ्याएको यस खेलमा भारतले २६६ रन मात्रै बनाउन सक्यो । भारतको सुरुवात खराब रह्यो, विराट कोहलीले दोस्रो ओभरमा ५ रनको व्यक्तिगत स्कोरमा आफ्नो विकेट गुमाए । त्यसपछि तेस्रो ओभरमा ८ रनको व्यक्तिगत स्कोरमा शिखर धवन प्याभिलियन फर्किए ।

रोहित शर्माले अन्तिम दुई ओभरमा उत्कृष्ट ब्याटिङ गरे पनि जित हात पार्न सकेनन् । उनले अविजित ५१ रन बनाए । भारतका लागि श्रेयस अय्यरले सर्वाधिक ८२ रन बनाए । अक्षर पटेलले ५६ रन बनाए पनि दुवैको राम्रो इनिङ्सले पनि भारतलाई जित दिलाउन सकेन ।

यसअघि बंगलादेशका लागि मेहदी हसन मिराजले शतक र महमुदुल्लाहले ७७ रन बनाएका थिए । भारतका लागि वासिङ्टन सुन्दरले ३ तथा मोहम्मद सिराज र उमरान मलिकले २–२ विकेट लिए ।एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com