२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

अमेरिकामा हिम आँधी, लाखौँ प्रभावित

न्युयोर्क- शीतकालीन आँधीका कारण लाखौँ अमेरिकी प्रभावित भएका छन् । शुक्रबार १५ लाखभन्दा बढी मानिस विद्युतविहीन हुनुका साथै हजारौं उडान रद्द भएका छन् ।

साउथ डकोटामा हिउँमा परेका केही अमेरिकीहरूले इन्धन सकिएपछि न्यानोको लागि लुगाहरू जलाएका विवरण सार्वजनिक भएका छन् ।

क्यानडामा, ओन्टारियो र क्युबेक आँधीको चपेटामा परेका थिए । ती क्षेत्रमा विजुली कटौती हुँदा सयौं हजार मानिस प्रभावित भएका थिए । वायुमण्डलीय चाप घट्दा उत्पन्न बम चक्रवातले अमेरिका–क्यानाडा सीमाका ग्रेट लेकहरूमा हिमपात जस्तो अवस्था ल्याएको थियो ।

विशाल आँधी टेक्सासदेखि मेनसम्म २ हजार माइल फैलिएको राष्ट्रिय मौसम सेवाले जनाएको छ । एल्क पार्क, मोन्टानामा तापमान  माइनस ४५ डिग्री सेल्सियमा झर्‍यो । पेन्सिलभेनिया र मिशिगनका क्षेत्रहरूमा भारी हिमपातको पूर्वानुमान गरिएको छ । बफेलो र न्युयोर्कमा कम्तीमा ३५ इन्च बाक्लो हिउ पर्ने अनुमान गरिएको छ ।

प्रशान्त उत्तरपश्चिममा केही बासिन्दाहरू सिएटल र पोर्टल्याण्डमा जमेको सडकहरूमा आइस–स्केटिंग गरेका देखिन्छन् । लुइसियाना, अलाबामा, फ्लोरिडा र जर्जिया जस्ता दक्षिणी राज्यहरू पनि प्रभावित छन् । एजेन्सी

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com