२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

मन्त्रालय भागबन्डा गर्न बानेश्वरमा सत्ता गठबन्धनको बैठक

मन्त्रालय भागबन्डा गर्न नयाँ बानेश्वरमा आज सत्ता गठबन्धनको बैठक बसेको छ।

नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतको उपस्थितिमा सत्ता गठबन्धनको बैठक बसेको हो।

प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम छ। आजै सानो आकारमा मन्त्रिमण्डल गठन हुनेछ। सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

सरकारमा कुन दलबाट कति मन्त्री भन्ने टुंगो गर्न सत्ता गठबन्धनको बैठक बसेको हो।

बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी छन्।

यस्तै रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत पनि सत्ता गठबन्धनको बैठकमा सहभागी छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com