२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

नेपाल टी-ट्वान्टीः काठमाडौँको चौथो जित

नेपाल टी-ट्वान्टीः काठमाडौँको चौथो जित

काठमाडौँ । नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत काठमाडौँ नाइट्सले चौथो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा काठमाडौँले बिराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गर्दै काठमाडौँले चौथो जित दर्ता गरेको हो ।

पारिश्रमिक विवादका कारणका ९ ओभरमा सिमित भएको खेलमा ९३ रनको लक्ष्य पछ्याएको बिराटनगरले ८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ५८ रन मात्र जोड्यो ।

बिराटनगरका लागि गौरान्सु शर्माले २२ रन तथा विवेक यादवले १२ रन बनाए । काठमाडौँका कमल ऐरीले सर्वाधिक ३ विकेट लिए । सुनम गौतम र अनिल खरेलले समान २-२ विकेट तथा अविनाश बोहरा र बसिर अहमदले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनायो । काठमाडौँका लागि सन्दीप रजालीले सर्वाधिक ३२ रन बनाए ।

बिराटनगरका नन्दन यादवले ३ तथा हुसेन तलत र केयोन जोसेफले १-१ विकेट लिए ।

सात खेलमा बिराटनगरको यो पाँचौ हार हो । काठमाडौँले भने सात खेलमा चौथो जित हात पारेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com