२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

नेपाल टी-ट्वान्टीः विराटनगरले एलिमिनेटर खेल्ने

नेपाल टी-ट्वान्टीः विराटनगरले एलिमिनेटर खेल्ने

काठमाडौँ । विराटनगर सुपर किंग्स नेपाल टी-ट्वान्टी क्रिकेट लिगको प्लेअफमा स्थान सुरक्षित गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार आफ्नो अन्तिम खेलमा काठमाडौँ नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगरले प्लेअफमा स्थान सुरक्षित गरेको हो ।

विराटनगरले १० मध्ये ५ खेलमा जित हात पार्दै १० अंक जोड्यो । यता १० मध्ये चार खेलमा जित हात पारेको काठमाडौँको प्लेअफ पुग्ने वा नपुग्ने पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेडबीच आजै हुने खेलको नतिजाले निर्धारण गर्नेछ । समान ९ खेल खेलेका पोखराको ६ तथा फार वेस्टको ४ अंक छ । विराटनगरले अब एलिमिनेटर खेल्नेछ ।

शनिबार काठमाडौँले दिएको १ सय ५५ रनको लक्ष्य बिराटनगरले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । विराटनगरका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६६ रनको योगदान गरे । गौरान्शु शर्माले ५१ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । उसका लागि सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४/३४ रन तथा सन्दीप रजालीले ३० रनको योगदान गरे ।

विराटनगरका राज नननले सर्वाधिक ४ तथा नन्दन यादव र रोहित पौडेलले एक(एक विकेट हात पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com