२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

डिल्लीबजार जेलमा रहेका रेशम चौधरीलाई ओलीको दोस्रो फोन : माघ महिनाभित्र रिहा

डिल्लीबजार जेलमा रहेका रेशम चौधरीलाई ओलीको दोस्रो फोन : माघ महिनाभित्र रिहा

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई फोन गरेका छन् । काठमाडौंको डिल्लीबजार जेलमा रहेका चौधरीलाई बुधबार दिउँसो ओलीले फोन गरेर माघ महिनाभित्र गुड न्यूज आउने बचन दिएका हुन् ।

ओलीले फोन गरेर सुदूरपश्चिम प्रदेश सरकार गठनमा सहयोग माग्नेक्रमा यस्तो बचन दिएको चौधरीनिकट एक नेताले बताए । ‘रेशमजीलाई केपीजीले फोन गर्नुभयो माघ महिनाभित्र गुड न्यूज आउँछ । त्यसमा मैले तपाईलाई विश्वास दिलाउन चाहन्छु’ ओली चौधरी संवादका विषयमा ति नेताले भने, ‘तपाई (रेशम चौधरी) ले सुदूरपश्चिम प्रदेश सरकार गठनमा सहयोग गर्नुपर्यो । अब मिलेर जाउँ भन्ने छ ।’ ओलीले माघ महिनामा गुट न्यूज आउने बचन दिएपछि चौधरीले ओलीलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

यदि माघ महिनाभित्र टिकापुर घटनाको मुद्दा फिर्ता नलिएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चौधरीले चेतावनी दिएको ती नेताले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष ओलीले आज बिहान पनि चौधरीलाई फोन गरेका थिए । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावलले दाबी गरेका छन् । माओवादी, नागरिक उन्मुक्ति लगायत पार्टीको समर्थनमा रावलले आजै मुख्यमन्त्रीम दाबी गरिसकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com