२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

मधेश प्रदेशको उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी निर्वाचित

मधेश प्रदेशको उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी निर्वाचित

३ माघ, जनकपुरधाम । मधेश प्रदेशको उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी राउत ईशर निर्वाचित भएकी छन् । मंगलबार साँझ प्रदेश सभा बैठकमा भएको मत विभाजन मार्फत ईशर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

उनको पक्षमा ७२ मत परेको छ भने विपक्षमा २९ मत खसेको छ। उपसभामुखको निर्वाचनमा १०१ जना सांसद उपस्थित भएका थिए । ईशर समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।

ईशरलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, राप्रपाका १ र ५ जना स्वतन्त्र प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

त्यस अघि सभामुखमा रामचन्द्र मण्डल निर्वाचित भएका थिए । मधेश प्रदेशमा सत्ता गठबन्धनमा जसपा मुख्यमन्त्री, एमाले सभामुख र जनमत पार्टी उपसभामुख लिने सहमति भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com