२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

राम्रो संविधान बने पनि राजनीतिक स्थिरता हुन सकेन : पूर्वराष्ट्रपति यादव

राम्रो संविधान बने पनि राजनीतिक स्थिरता हुन सकेन : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । ​पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकमा राम्रो संविधान बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् ।​

मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले मुलुकको संविधान बनाउन आफूले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका हुन् । उनले अझै पनि जनतालाई आड भरोसा र विश्वास दिलाउन नसकिएको धारणा पनि राखे ।

यादवले असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताए । उनले समाजलाई राम्रो योगदान दिनेहरूलाई सदैव सम्झनुपर्ने पनि उल्लेख गरे ।

पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही रु ५१ हजारसहित वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरे ।

प्रतिष्ठानका अध्यक्ष कविर राणाले बैङ्कोटेश्वर गुरुकूल विद्यालयलाई छात्रवृत्ति कोष स्थापना गर्न रु ५१ हजार हस्तान्तरण गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com