२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

अल नासरका लागि रोनाल्डोको डेब्यू

अल नासरका लागि रोनाल्डोको डेब्यू

क्रिस्टियानो रोनाल्डोले प्रतिस्पर्धात्मक खेलमा नयाँ क्लब अल नासरका लागि डेब्यू गरेका छन् । साउदी प्रो लिगमा इतिफाकलाई १–० हराउने क्रममा रोनाल्डोले खेलमा डेब्यू गरेका हुन् ।

३७ वर्षीय पोर्चुगिज खेलाडी गत महिना साउदी क्लबसँग आबद्ध भएका थिए । २०२५ सम्मको करारमा रोनाल्डोले प्रतिवर्ष १७.७ करोड पाउन्ड कमाउने बताइएको छ । खेलमा रोनाल्डोले गोल भने गर्न सकेनन् । ब्राजिलियन मिडफिल्डर टालिस्काले खेलमा निर्णायक गोल गरेका थिए । अल नासर लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अल हिलालभन्दा टोली मात्र एक अंकले अघि रहेको छ । रोनाल्डोले बिहीबार पीएसजीसँगको मैत्रीपूर्ण खेलमा दुई गोल गरेका थिए ।एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com