२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : बिडारी

राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : बिडारी

काठमाडौं । राष्ट्रिय सभाका पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतीक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे ।

उनले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरूबाट मुक्ति मिल्ने धारणा व्यक्त गरे । राष्ट्रपति विद्यादेवी भण्डारी दलगत गन्ध धेरै आएको बिडारीको भनाइ छ । उनले राष्ट्रपति भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाए । उनले राष्ट्रपति पद पहिला फालेको जस्तो पद भएपनि पछिल्ला घटनाक्रमले राष्ट्रपतिय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्ने आवश्यक्ता देखिएको बताए ।

वरिष्ठ अधिवक्ता बिडारीले राष्ट्रपतिको चुनावमा ह्वीप नलाग्ने अभ्यास गर्नुपर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com