२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

रास्वपाबाट मन्त्री बनेकाहरूले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

रास्वपाबाट मन्त्री बनेकाहरूले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री दाहाललाई भेटेर मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री दाहालले गृहमन्त्रीमा रवि लामिछानेलाई पुनः नियुक्त नगर्ने बताएपछि रास्वपाबाट मन्त्रिपरिषद्मा सहभागी भएकाहरूले राजीनामा बुझाएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com