२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

अखिल क्रान्तिकारीको वर्तमान कार्यसमिति विघटन गर्न निर्देशन

अखिल क्रान्तिकारीको वर्तमान कार्यसमिति विघटन गर्न निर्देशन

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको वर्तमान कार्यसमिति विघटन गरिने भएको छ । माओवादी केन्द्रले विद्यार्थी मोर्चामा समस्या देखिएको भन्दै त्यसलाई हल गर्न पञ्चा सिंह नेतृत्वको कार्यसमितिलाई विघटन गर्ने भएको हो ।

सिंहकै नेतृत्वमा सम्मेलन आयोजक कमिटी गठन गर्न र स्ववियु चुनावपछि सङ्गठनको सम्मेलन गर्न पार्टीको स्थायी कमिटीले निर्देशन दिएको एक नेताले बताए । पवन कार्की समूहसहित ७ उपाध्यक्ष समूहलाई केन्द्रित गरेर स्वबियु चुनावमा लाग्न पार्टीले निर्देशन दिएको हो ।

स्ववियू चुनाव पछाडि राष्ट्रिय सम्मेलन गर्ने तथा त्यसअगाडि समानान्तर सङ्गठन र गतिविधि गर्न रोक लगाइएको स्थायी कमिटीको पत्रमा उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com