२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

विद्युत् प्राधिकरणले गर्‍यो पीपीए खुला

विद्युत् प्राधिकरणले गर्‍यो पीपीए खुला

काठमाडौं । अबदेखि १५ सय मेगावाटसम्मको नदी प्रवाही जलविद्युत् (आरओआर) को विद्युत् खरिद सम्झौता खुला गर्ने निर्णय गरेर उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले पहिलोपटक ‘हाइड्रो कोर्स करेक्सन’ गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले १५ सय मेगावाटसम्मका जलविद्युत् आयोजनाका पीपीए गर्ने निर्णय गरेको प्राधिकरणको सञ्चालक समितिका एक सदस्यले बिहीबार राति इकागजलाई जानकारी दिए ।

उनका अनुसार उक्त निर्णयमा सबै सञ्चालकहरूको हस्ताक्षर (माइन्यूटिङ) हुन बाँकी छ ।

उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनले माओवादीले चार वर्षदेखि रोक लगाएको आन्तरिक लगानीलाई खुलाएका हुन् । सन् २०२६ देखि मुलुक ‘हाइड्रो जेनेरेशन होलिडे’ (जलविद्युतका नयाँ आयोजना उत्पादन ठप्प) मा जाँदैछ । ११ हजार मेगावाटभन्दा बढीका आयोजनाको पीपीएका लागि प्राधिकरणमा निवेदन परेको छ ।

वर्षायाममा उत्पादित जलविद्युत् सबै खपत हुन नसकी खेर जाने भन्दै यसअघिका सरकारले पीपीए रोक्दै आएको थियो । तर, हाल हिउँदयाममा जलविद्युत् उत्पादन क्षमता एक तिहाइमा सीमित भएका कारण भारतबाट आयात गरेर गर्जो टार्ने गरिएको छ ।

नदी प्रवाहीका १५ सय मेगावाटले हिउँदयाममा मुश्किलले एक तिहाइ अर्थात् ५ सय मेगावाट मात्र उत्पादन गर्छ । पीपीए खुला गरिएको १५ सय मेगावाटमा सतप्रतिशत निर्माणमा जान्छन् भन्ने पनि ग्यारेन्टी भने छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com