२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

अल नासरको जितमा रोनाल्डो एक्लैले गरे ४ गोल

अल नासरको जितमा रोनाल्डो एक्लैले गरे ४ गोल

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको ४ गोलको मदतमा साउदी प्रो लिग फुटबल अन्तर्गत अल नासरले अल वेहदाविरुद्ध शानदार जित हात पारेको छ । बिहीबार राति भएको खेलमा अल नासरले अल वेहदालाई ४-० गोलअन्तरले पराजित गर्‍यो ।

गत आइतबार ३८ वर्ष पुगेका पोर्चुगिज फरवार्ड रोनाल्डोले नै अल नासरको जितमा चारवटै गोल गरे । यससँगै रोनाल्डोले विभिन्न पाँचवटा लिगका पाँच क्लबका लागि ५ सय ३ गोल पुरा गरेका छन् ।

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले अनुमानित प्रत्येक वर्ष १७७ मिलियन पाउन्ड लिने गरी अल नासरमा आवद्ध भएका हुन् । रोनाल्डोले गत नोभेम्बरमा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्दा क्लबका लागि १ सय ३ गोल गरेका थिए ।

उनले स्पेनिस ला लिगामा रियल मड्रिडका लागि ३ सय ११ तथा इटालियन सिरि ए अन्तर्गत युभेन्टसका लागि ८१ गोल गरेका छन् । उनले पोर्चुगिज क्लब स्पोर्टिङ लिजबोनका लागि समेत ३ गोल गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com