२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

विश्वकप क्रिकेट लिग-२ स् सन्दीपले ५० विकेट पुरा गर्लान् ?

विश्वकप क्रिकेट लिग-२ स् सन्दीपले ५० विकेट पुरा गर्लान् ?

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले अब केवल १२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न बाँकी छ । त्यसमध्ये नेपालले ८ वटा खेल आफ्नै घरेलु मैदानमा खेल्ने तालिका रहेको छ । नेपालले बाँकी ४ वटा खेल भने युनाइटेड अरब इमिरेट्स (युएई) मा खेल्ने तालिका सार्वजनिक भइसकेको छ ।

यसको अर्थ नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले कम्तिमा पनि नेपालमा हुने ८ वटै खेल खेल्ने सम्भावना प्रवल छ । उनी युएईमा हुने खेलमा भने सहभागिता जनाउन पाउने छैनन् । उनलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।

फेब्रुअरी १४ देखि २१ तारिखसम्म त्रिवि क्रिकेट मैदानमा नेपाल, स्कटल्यान्ड र नामिबियासम्मिलित एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई टिममा समावेश गरिसकेको छ ।

नेपालले ३६ मध्ये २४ खेल खेलिसकेको छ र जसमध्ये सन्दीपले २० खेल खेल्ने अवसर पाएका छन् । उनले केवल चार खेल मात्र खेलेनन् ।

लिग-२ अन्तर्गत २० खेलमा सन्दीपले ४२ विकेट हात पारिसकेका छन् । उनको उत्कृष्ट बलिङ भनेको एकै खेलमा ६ विकेट हात पार्नु हो । लिग-२ मा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी सन्दीपले लिग-२ मा ५० विकेट पुरा गर्ने भने केवल ८ विकेट हात पार्नु पर्नेछ ।
उनले ८ खेल नै खेल्न सम्भावना रहेका कारण प्रत्येक खेलमा केवल एक विकेट हात पारे पनि ५० विकेट पुरा गर्नेछन् ।

लिग-२ मा भने ३६ वटै खेल खेलिसकेको ओमानका बलर बिलाल खानले सर्वाधिक ७६ विकेट, अमेरिकाका सौरभ नेत्रभाल्करले ५८, ओमानकै जिसन मक्सुदले ४७ तथा नामिबियाका बर्नार्ड स्कोल्जले ४४ विकेट हात पारेका छन् ।

नेपालका करण केसीले २० खेलमा ३७ तथा सोमपाल कामीले १९ खेलमा २५ विकेट हात पारेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com