२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

‘बुलाकी’ टिजर : कर्णालीको कथामा सुरक्षाको प्रभावशाली झलक

काठमाडौँ- कर्णालीको कथा पस्कने ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । कर्णालीको संस्कार र संस्कृतिलाई कथानक रुप दिई प्रस्तुत गरिएको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्टको अभिनय रहेको छ । फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

टिजरले कर्णालीको भूगोलमा बाँझी हुन गएकी महिलाको भोगाइलाई विषय बनाएको छ । फिल्ममा सुरक्षा पन्तले सो भूमिका निर्वाह गरेकी छिन् । कर्णालीको लुगा र लवज दुरुस्त टिपेकी सुरक्षाको टिजरमा दमदार उपस्थिति देखिएको छ ।

‘बुलाकी’ वैशाख १ मा प्रदर्शनमा आउनेछ । यसअघि  कात्तिक १८ मा सार्वजनिक प्रदर्शनमा आउने घोषणा गरेको फिल्म सरेर फागुन १९ मा पुगेको थियो । त्यहाँबाट पनि सर्दै फिल्म नयाँ वर्षमा पुगेको हो ।

सिनेमामा सुरक्षा, नरेन र बिराजका अलवा प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारले अभिनय गरेका छन । अभिनेता बिष्ट र निर्देशक सुनारले ‘बुलाकी’बाट नेपाली सिनेमा क्षेत्रमा अभिनेता र निर्देशकको रुपमा डेब्यू गर्न लागेका हुन्।

छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ शिव ढकालले खिचेका हुन् । कर्णाली भेगको जनजीवन, रितिथिति तथा संस्कृति समेटिएको सिनेमालाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com