२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

एपिएफद्वारा सातदोबाटो पराजित

एपिएफद्वारा सातदोबाटो पराजित

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी पाँचौ संस्करणको ‘स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा नेपाल एपिएफ क्लब काठमाडौँले सातदोबाटो क्लब ललितपुरलाई १-० गोल अन्तर पराजित गरेको छ ।
खेलको पाँचौ मिनेट एपिएफ क्लबका युवराज खड्काले गोल गरेका थिए ।

मकवानपुरको हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने खेलमा ७ वटा ए डिभिजन र एक अन्तर्राष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहेको छ ।

सोमबार एन आए टी फुटबल क्लब काठमाडौँ र विरगंज युनाइटेड पर्साबीच खेल हुँदैछ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झै यस वर्ष पनि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।

आजको खेलमा म्यान अफ द म्याच एपिएफका मणि लामा घोषित भएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com