२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

६ फागुन, काठमाडौं । वीर अस्पतालले आगोले पोलेकाहरुको उपचारका लागि ‘बर्न वार्ड’ सञ्चालन गर्ने भएको छ ।

वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो ।

‘तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आईसीयू), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ’, उनले भने, ‘अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।’
अस्पतालले नयाँ भवनमा वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल ९वीर अस्पताल० को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com