२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

एमालेले कारबाही थालेपछि दुर्गा प्रसाईंले गरे राजीनामा घोषणा

एमालेले कारबाही थालेपछि दुर्गा प्रसाईंले गरे राजीनामा घोषणा

७ फागुन, काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश १ कमिटीले पार्टीको साधरण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको केन्द्रीय सदस्य रविन कोइरालाले बताए ।

‘पार्टीको नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएपछि निष्कासन गर्न सिफारिस गरेका छौं’ कोइरालाले भने, ‘अब पार्टी केन्द्रले त्यो प्रक्रिया पूरा गर्नेछ ।’

प्रसाईंले १ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए । ‘ज्ञानेन्द्र शाहलाई झापामै ल्याएर कार्यक्रम गरेपछि पार्टीबाट निस्काशन गर्ने निर्णय गर्नु परेको हो’, केन्द्रीय सदस्य कोइरालाले भने ।

शुक्रबार बसेको प्रदेश कमिटीले प्रसाइलाई निष्कासनको सिफारिस गरेको उनले बताए । प्रदेश कमिटीको यस्तो निर्णयपछि प्रसाईंले एमालेबाट राजीनामा दिने घोषणा गरेका छन् ।

आइतबार झापामा पत्रकारहरुसँग प्रसाईंले काठमाडौं गएर राजीनामा बुझाउने बताएका छन् । प्रसाईंलाई गत वर्ष २६ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

उनलाई एमालेले उद्योग, वाणिज्य तथा आपूर्ति विभागको सहइन्चार्जको जिम्मेवारी दिएको थियो । यो विभागको इन्चार्ज मोती दुगड छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com