२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Janasewa News

चक्रपथ बिस्तार गर्न चिनियाँ पक्ष तयार

चक्रपथ बिस्तार गर्न चिनियाँ पक्ष तयार

काठमाडौं । लामो समयदेखि रोकिएको दोस्रो चरणको चक्रपथ विस्तार अन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार हुने भएको छ। यसअघि चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको भन्दै चक्रपथ विस्तारको काम अघि बढ्न सकेको थिएन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दोस्रो चरणको चक्रपथ विस्तारको काम चिनियाँ पक्षले छिट्टै गर्ने प्रतिवद्धता गरेको बताएको छ। यो खण्डको सडक महाराजगन्ज, स्वयम्भू लगायतका केही स्थानमा बाहेक अन्य ठाउँमा कुनै अवरोध छैन। चिनियाँ पक्ष भने साइट क्लिरेन्स नभएको भन्दै काम अघि बढाउन तयार भएको छैन।

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार कलंकी महाराजगन्ज सडक खण्डको अनुगमन गर्दै दोस्रो चरणको चक्रपथ विस्तारको काम छिट्टै सुरु हुने बताएका छन्। ‘दोस्रो चरणको चक्रपथ विस्तार गर्ने सम्बन्धमा नेपालका लागि चीनको राजदूतज्यूसँग पटक पटक छलफल भइसकेको छ,’ उनले भने ‘हामी दूवै पक्षबीच छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ।’ मन्त्री श्रेष्ठले सो खण्डमा केही स्थानमा रहेका विवादहरू सल्टाएर विस्तारको काम अघि बढ्ने सहमति भएको दाबी पनि गरे। ‘अहिले स्वयम्भू स्तुपा क्षेत्रको डिजाइन परिवर्तन गर्नुपर्ने देखिएको छ,’ उनले भने ‘अहिले यहाँ केही समस्या देखिएका छन्। त्यो समस्या समाधान गरेर अघि बढ्नेछौं।’

मन्त्री श्रेष्ठले लामो समयदेखि विभिन्न खालका विवादको कारणले दोस्रो चरणको चक्रपथ विस्तारको काम हुन नसकेको बताए। ‘नेपालका लागि चीनको राजदूतज्यू र हाम्राबीच छलफल गरेर छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ,’ उनले भने ‘चिनियाँ पक्ष र हाम्रो मन्त्रालय दुवैपक्षबाट अध्ययनको काम पनि भइसकेको छ। अहिले यहाँ केही समस्या देखिएका छन्। त्यो समस्या समाधान गरेर अघि बढ्नेछौं।’ मन्त्री श्रेष्ठले ठूला खालका समस्याहरू लगभग समाधान भइसकेकाले अब विस्तारको कामले गति लिने दाबी गरे। ‘हामीले चीन सरकारसँग सकेसम्म महाराजगन्जदेखि धोवीखोलासम्मको सडक विस्तार गर्नका लागि अनुरोध गरेका छौं। चिनियाँ पक्षले भने महाराजगन्जसम्म मात्रै विस्तार गर्ने कुरा गरिरहेका छन्।’ यो समाचार नागरिक दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com