२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

१६ किलो चरेससहित कपिलवस्तुमा एक पक्राउ

१६ किलो चरेससहित कपिलवस्तुमा एक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा १६ किलो चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार पक्राउ पर्नेमा शिवराज नगरपालिका– ९ का मेघराज घर्ती रहेका छन् ।

घर्तीको घरमा चरेस लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

घर्ती मगरको बिजौरीस्थित घरमा खानतलासी गर्दा घर भित्र लुकाई छिपाई राखेको १६ किलो लागूऔषध चरेशजस्तो देखिने हल्का कालो गिलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।
उनी माथि जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com