२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

बलात्कारको आरोपमा भक्तपुरबाट पक्राउ

बलात्कारको आरोपमा भक्तपुरबाट पक्राउ

जनसेवा न्युज डटकम संवाददाता

भक्तपुर । आफनै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा वस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।

पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनले फागुन ७ गते बलात्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए ।

मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी र्वत थिमि भक्तपुरमा राखिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com