२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

राप्रपाको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउने जिम्मा मिश्रलाई

राप्रपाको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउने जिम्मा मिश्रलाई

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय निर्देशन समितिको बैठकले पार्टीको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्तमा समिति गठन गरेको छ । समितिका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको बैठकले समितिलाई २ महिना भित्र पेस गर्ने समय दिएको हो । उक्त समितिको सदस्यमा उपाध्यक्षहरु हेमजङ्ग गुरुङ र उद्धव पौडेल रहेका छन् ।

त्यस्तै, पार्टी आन्तरिक विवाद तथा निष्क्रिय रहेका जिल्लाहरूको समस्या समाधानबारे छानबिन गरी १५ दिन भित्र आवश्यक सुझाव पेस गर्न केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापालाई जिम्मेवारी दिने निर्णय गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com