२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

चीनले भन्यो – अमेरिकाले अफगानिस्तानको रकम फिर्ता गर्नुपर्छ

चीनले भन्यो – अमेरिकाले अफगानिस्तानको रकम फिर्ता गर्नुपर्छ

संयुक्त राष्ट्रसंघ । चीनले अमेरिकी बैंकमा राखिएको अफगानिस्तानको रकम अमेरिकाले फिर्ता गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसंघका एक जना लागि चिनियाँ कूटनीतिज्ञले अफगानिस्तानको रकम तत्काल फिर्ता गर्न आह्वान गरेका हुन् । सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रका लागि चीनका उपस्थायी प्रतिनिधि गेङ स्वाङले अफगानिस्तानका महिला तथा बालबालिकाहरूको अधिकार र हितको रक्षा गर्न तत्काल अफगानी रकम फिर्ता दिनुपर्ने बताए ।

अफगान केन्द्रीय बैंकसँग सम्बन्धित नौ अर्ब ५० करोड डलर बराबरको सम्पत्ति अमेरिकाले रोक्का गरेपछि चिनियाँ कूटनीतिज्ञले रकम फिर्ताका निम्ति आह्वान गरेका हुन् । सन् २०२१ को अगष्टमा अतिवादी समूह तालिवानले काबुल कब्जा गरेर सत्ता सम्हालेपछि अमेरिकाले अफगानिस्तानको रकम रोक्का गरेको हो ।

न्युयोर्कको एक अदालतले गत महिना गरेको आदेशलाई उद्धृत गर्दै उपप्रमुख गेङले अफगानी सम्पत्ति रोक्का गर्नु अनुचित भएको बताए । अफगानिस्तानको केन्द्रीय बैंकले न्यूयोर्कस्थित फेडरल रिजर्भ बैंकमा यसअघि जम्मा गरेको तीन अर्ब ५० करोड अमेरिकी डलर जफत गर्न नमिल्ने आदेशसहित दिएको थियो । दुई दशकअघि सेप्टेम्बर ११, २००१ मा न्यूयोर्कमा भएको आतंकवादी हमलाबाट पीडित परिवारको उक्त रकम जफत गर्नुपर्ने माग अस्वीकार गरेको थियो ।

अमेरिकाको इतिहासमा भएको हालसम्मको सबैभन्दा त्रासदीपूर्ण आतंकवादी आक्रमणका दोषीबाट क्षतिपूर्ति भराउने अधिकार पीडित परिवारलाई भए पनि अफगानिस्तानको केन्द्रीय बैंकको रकम जफत गर्ने अधिकार नभएको आदेशमा उल्लेख गरिएको थियो । आतंकवादी हमला अफगान जनता वा अफगानिस्तानले नगरेकाले तालिबानले नै जघन्य आक्रमणको क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाइएको थियो ।

बाइस वर्षअघि १९ जना आत्मघाती आक्रमणकारीले अपहरण गरेका चारवटा विमान न्यूयोर्कका ट्वीन टावर, वासिङ्टन डिसीमा रहेको अमेरिकी रक्षा मन्त्रालयमा ठोक्काइएको थियो । उक्त हमलामा विमानमा रहेका यात्रीसहित झण्डै तीन हजार जनाको मृत्यु भएको थियोभ ने छ हजारभन्दा बढी घाइते भएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com