२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

‘बिहे पास’ गीत : प्रकृतिका लागि दयाहाङको मुटु भरिभराउ

काठमाडौँ – फिल्म ‘बिहे पास’ को ‘खाली छैन मेरो मुटु’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनिक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ फिचर गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो ।

अस्तित्भा कर्ण र बिद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालले शब्द तथा रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता दयाहाङले अभिनेत्री प्रकृतिप्रति प्रेमभाव प्रस्तुत गरेको देखिन्छ ।

प्रबेश पौडेल निर्देशित फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई ,बिशाल पहाडी, सुवास गजुरेल ,हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । केही दिनअघि सार्वजनिक फिल्मको टिजरमा पत्नी प्रकृति सरकारी अधिकृत र पति दयाहाङलाई सरकारी जागिर पाउन प्रयत्नरत देखाइएको छ । दर्शकको वाहवाही बटुल्न सफल टिजरपछि ‘बिहे पास’ का निर्माता केही दिनमै ट्रेलर ल्याउने तयारीमा छन ।

पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको फिल्मको प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिव ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको फिल्मको पटकथा भने आकाश र सजनले लेखेका हुन् ।

रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म दर्शकलाई नयाँ वर्ष २०८० को उपहार स्वरुप पस्कन लागिएको दाबी निर्देशक प्रवेशको छ । ‘बिहे पास’  फिल्म वितरण कम्पनी आरआर फिल्म प्रोडक्सनले निर्माण गरेको दोश्रो फिल्म हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com