२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

न्याय नपाएको गायिका बुनु उप्रेतीको गुनासो

काठमाडौँ । गत वर्षको कार्तिक २७ गते ललितपुरको लुभुमा छिमेकीहरुको आक्रमणमा परेकी गायिका बुनु उप्रेतीले अझै पनि आफूले न्याय नपाएको भनेर गुनासो पोखेकी छिन् । उनले आफूमाथि छिमेकी महिलाहरू मिलेर निर्घात कुटपिट गरेको एक वर्ष पुग्न लाग्दा पनि पीडकहरूलाई कारबाही नभएको गुनासो पोखेकी हुन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गायिका उप्रेतीले देशमा कानुनी राज्य भए आफूलाई न्याय दिन सरकारसमक्ष अपिल गरेकी हुन् । पत्रकार सम्मेलनको क्रममा उनले भनिन्–‘मैले पटक पटक छिमेकी महिलाहरूबाट यातना सहनुपरेको छ । ममाथि घरभित्रै पसेर आक्रमण भयो । घाँटीमा आक्रमण भयो । शरीरका अङ्ग अङ्गमा आक्रमण भयो । ममाथि दुर्व्यवहार भएको त पाँच वर्ष भयो । गत वर्ष त ज्यान मार्ने उद्देश्यले ममाथि आक्रमण भयो । मैले अहिलेसम्म न्याय पाएकी छैन । प्रशासन, अड्डा अदालतसम्म रुँदै कराउँदै धाएँ । आज पाँच वर्ष हुँदा पनि मैले न्याय पाएको छैन । विपक्षीहरूको चाहिँ आत्मबल बढेको छ।’

जिल्ला अदालतमा मुद्दा चलिरहेको अवस्थामा पनि आफूमाथि कुटपिट भएको उनको भनाई छ । उनले भने,‘फेरि आफैँ उहाँहरू १८ जनाले ममाथि मुद्दा हाल्नुभयो । मेरो मुद्दा जिल्ला अदालत ललितपुरमा चलिरहेको छ । मैले आक्रमण हुँदाको फुटेज पनि प्रहरीसँग मागेको थिएँ । मार्टभित्र सामान किनेको बेलामा म माथि आक्रमण भयो । लुभु चौकीले फुटेज उपलब्ध गराउने भनेको थियो । तर, पछि दिएन ।’

उनले आफूमाथि आक्रमण गर्नेहरू (विपक्षी)हरू संगठित रूपमा अघि बढेको आरोप लगाइन् । उनले भनिन्–‘गत वर्ष कार्तिक २७ गते मेरो घरको कम्पाउण्डभित्र पसेर  सपना श्रेष्ठले एट्याक गर्नुभयो । मलाई धेरै नै कुटियो । म बेहोस थिएँ । मैले होस आउँदा भिडिओ खिच भनेर छोरीलाई भनेको थिएँ । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने चाहना थियो । सातदोबाटो प्रहरी वृत्तमा मैले कार्तिक १० गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थिएँ । प्रहरीले आक्रमण गर्नेहरूलाई पक्राउ गर्ने आश्वासन दिएको थियो । मैले त न्याय पाउँछु भन्ने ठानेकी थिएँ । तर, प्रहरीले अभद्र मुद्दामा दर्ता गर्ने भन्नुभयो ।’

उनले आफू आवाज उठाउन सक्ने योग्य महिला हुँदा पनि प्रशासनबाट न्याय नपाएको भन्दै अरूको हालत के होला ? भनेर प्रश्नसमेत गरिन् । उनले भनिन्,‘म बुनु उप्रेती, आवाज उठाउन सक्ने केटी हुँ । ताप्लेजुङको तमोर खोलाको पानी खाएकी केटी हुँ । झापादेखि काठमाडौँसम्म आएर आफैँ करियर बनाएकी केटी हुँ । मैले न्याय पाउन सकिनँ । तर, म न्यायको लागि लडिरहन्छु।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com