२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

खेल आफ्नो पक्षमा पार्न बार्सिलोनाले रेफ्री खरिद गरेको आरोप

काठमाडौँ- स्पेनको सर्वाधिक सफल फुटबल क्लबमध्येको एक बार्सिलोनामाथि खेल आफ्नो पक्षमा पार्नका लागि रेफ्री खरिद गर्दै भ्रष्टाचार गरेको आरोप लागेको छ ।

बार्सिलोनामाथि स्पेनको रेफ्री कमिटीका पूर्व उपाध्यक्ष जोश मारिया इनरिक्विज नेगरेइरालाई रकम दिएर भ्रष्टाचार गरेको आरोप लगाइएको बीबीसीले जनाएको छ ।

सन् २००१ देखि २०१८ सम्म बार्सिलोनाले नेगरेइरा र उनको नाममा रहेको कम्पनीलाई ८.४ मिलियन युरो दिएको गत महिना खुलासा भएको थियो ।

बार्सिलोनाको एक अदालतमा भएको वहसका क्रममा बार्सिलोनाका पूर्व पदाधिकारी तथा नेगरेइरा भ्रष्टाचारमा संलग्न भएको तथा उनीहरुले झुटो व्यवसाय गरेको आरोप लगाइएको थियो ।

सरकारी वकिलले क्लबका पूर्व अध्यक्षद्वय जोसेप मारिया बार्टोमेउ तथा सान्द्रो रोसेलमाथि पनि भ्रष्टाचार गरेको आरोप लगाए ।

रेफ्रीबाट खेलका क्रममा आफ्नो पक्षमा नतिजा पार्ने गरी नेगरेइरालाई क्लब पदाधिकारीहरुले गोप्य सहमति गर्दै रकम प्रदान गरेको आरोप लगाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com