२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

मूल्यवृद्धिविरुद्ध माइतिघरमा प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतिघरमा प्रदर्शन

काठमाडौँ – पछिल्लो समय मूल्यवृद्धि बढेको भन्दै काठमाडौंमा जनसचेतना तथा धर्ना कार्यक्रम गरिएको छ ।

उपभोक्ता जागरण अभियान नेपालले शनिबार काठमाडौंको माइतिघर मूल्यवृद्धि विरुद्ध जनचेतना तथा धर्ना कार्यक्रम आयोजना गरेको हो । हरेक वस्तुमा मूल्यवृद्धि हुँदा समेत राज्य मौन रहेको भन्दै उनीहरूले जनता नै जागरूक हुनुपर्ने बेला आएको बताएका छन् ।

धर्नामा सहभागीहरूले दोहोरो कर प्रणाली खारेज गरु, बजार अनुगमन कतै देख्न पाइँदैनु, विचौलियाको सिण्डिकेट चाहिँदैनु, अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गरु लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले बजारमा हाबी भएको सिण्डिकेट रोक्नुपर्ने र कालाबजारीलाई नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने जनाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com