२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Janasewa News

एमाले अध्यक्ष ओलीको कटाक्ष : सरकारलाई सुझाव दिनु ‘भैंसीलाई बिन बजाए’ जस्तै हो

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै अर्थ नरहेको बताएका छन् ।​

भैंसीको अगाडि बिन बजाउनु र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै रहेको ओलीको कटाक्ष थियो । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुगेका उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारले आफूहरूले दिएको सुझावको मतलव नै नराख्ने जिकिर समेत गरे ।

अध्यक्ष ओलीले नेपालमा जुत्ता–चप्पल उद्योगको दिगोपनाका लागि अवैध रूपमा भित्रिने जुत्ता-चप्पल सरकारले नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसैगरी उनले नेपाली उद्योगको प्रवर्द्धनका लागि सरकारले कच्चा पदार्थको आयातलाई सहज र सस्तो बनाउनुपर्ने बताए ।

ओलीले स्वदेशी वस्तुको उत्पादनमा बढावा दिनका लागि सरकारले नै स्वदेशी वस्तुको उपयोग हुने खालको नीतिलाई जोड दिनुपर्ने पनि बताए । त्यस क्रममा उनले नेपाली जुत्ता–चप्पलका सबै ब्राण्डहरूको रुचिपूर्वक अवलोकन गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com