२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम ५ वर्षका लागि हो : सांसद पाण्डे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले न्यूनतम साझा कार्यक्रम सरकारमा रहेका दलहरूले आफ्नो राजनीतिक विचारअनुसार निर्माण हुने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यूनतम साझा कार्यक्रम दलहरूले आफ्नो राजनीतिक विचारअनुसार निर्वाचनमा जनतासँग गरेका वाचाहरूलाई समेटेर बनाउने दस्ताबेज रहेको उल्लेख गरे । उनले अहिलेको नीति तथा कार्यक्रम ५ वर्ष नै कायम रहने दाबी गरे ।

उनले भने, ‘न्यूनतम साझा कार्यक्रम सरकारमा रहेका दलहरूले आफ्नो राजनीतिक विचारअनुसार निर्वाचनमा जनतासँग गरेका वाचाहरूलाई समेटेर बनाउने दस्ताबेज हो, म यो नीति तथा कार्यक्रम पाँचै वर्ष कायम रहोस् । कायम रहन्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com