२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

राजनीतिलाई सफा गरेर देश बनाउनुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा धर्मकीर्ति विहारले आयोजना गरेको विशेष सामूहिक धम्मपूजा कार्यक्रममा बोल्दै श्रेष्ठले प्रदूषित देखिएको राजनीतिबाट जनतालाई मुक्त गराउनका लागि राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने बताएका हुन् । उनले राजनीतिक प्रणाली र व्यवस्थामा परिवर्तन मात्रै ठूलो कुरा नभएको भन्दै यसलाई व्यवहारमा उतार्नुपर्ने र त्यसका लागि प्रदूषित राजनीतिलाई सफा गर्नुपर्ने जिकिर गरे ।

आफू पनि राजनीतिक सन्यासी भएको र अलि अलि भएको व्यक्तिगत सम्पत्ति पनि पार्टीलाई दिने घोषणा गरेको उनले बताए ।

श्रेष्ठले अहिले निःस्वार्थ व्यक्तिहरूलाई राजनीतिमा आउन प्रेरित गर्नुपर्ने धारणा राखे । उनले मानव जीवनमा ध्यानको निकै महत्व रहेको भन्दै गृह मन्त्रालयमा र प्रहरी संगठनभित्र ध्यानलाई नियमित गराउने प्रयन्त गर्ने जिकिर गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com