२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

एसीसी प्रिमियम कप: सेमिफाइनलमा नेपाल कुबेतसँग तथा युएई ओमानसँग भिड्दै

काठमाडौँ – एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुदैँछ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आज हुने सेमिफाइनल खेलमा कुवतेसँग भिड्नेछ भने मूलपानी मैदानमा युएई र ओमान आमुन्नेसामुन्ने हुनेछन ।

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह ‘बी’ का उपविजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँग भिड्न आइपुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटबाट सेमिफाइनल पक्का गरेको हो ।

यसैगरी, मूलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह ‘बी’ को विजेता युएई आमनेसामने  हुनेछन्  ।

युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समुह ‘बी’ बाट बिजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समुह ‘ए’बाट दोस्रो स्थानमा रहेको टोली हो ।

दुवै सेमिफाइनल खेल ९ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन्  ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com